Logo

यस्तो मन्दिर जहाँ पुरुषहरु मात्र जान मिल्ने



Spread the love

हामीहरु सबै जना मन्दिर जान्छौं र मन्दिर प्रायजसो सधै खुल्ला हुन्छ । तर यस्तो मन्दिर पनि छ जहाँ वर्षको एक दिन चैते दशैँको नवमीको बिहान ४ देखि ९ बजेसम्म मात्र यो मन्दिर खुल्ला हुन्छ । यो मन्दिर हाम्रो छिमेकी देश भारतमा रहेको छ ।

उक्त मन्दिर छत्तिसगढ प्रान्तको गरियाबन्द जिल्लाा रहेको निरई माता मन्दिर पहाडी इलाकामा रहेको छ ।अझ अच्म्मको कुरा के छ भने यो मन्दिरमा मात्र पुरुषहरु जान पाउछन महिलाहरु जान पाउदैनन । साथै महिलाहरुले त्यो मन्दिरको प्रसाद खान पनि खान मिल्दैनन् ।

यो देवी मन्दिरमा केवल नरिवल र अगरबत्ती मात्र चढाइन्छ ।यहाँको स्थानीयहरुका अनुसार चैत्र नवरात्रीमा सो मन्दिरमा आफै ज्योति बल्ने र नवरात्रि भरि बलिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्