Logo

भारतीय यात्रुको विमानमै मृत्यु



Spread the love

१ जेठ, काठमाडौँ l गत मङ्गलवार दिल्लीबाट इटालीको लागि उडेको अलइटालिया विमानमा ५२ वर्षीय एक भारतीय यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश चन्द्र सैनी रहेका छन् l आफ्नो छोरा हिरा लालसँग यात्रा गरिरहेको अवस्थामा उनको मृत्यु भएको हो l

सैनीको मृत्यु पश्चात् पाईलटहरूले विमानलाई अबु धाबीमा आकस्मिक अवतरण गरेका हुन् l भारतीय दूतावास काउन्सेलर एम राजामुरुगनका अनुसार मृतकलाई भारत ल्याउन सबै प्रकिया पुरा भइसकेको र छोराले बुवाको शरीरसहित एतिहादको उडानमा भारत आउन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्