Logo

झापामा प्रहरीकै पेस्तोल हराएपछि…..



Spread the love

१ जेठ, झापा l झापामा सुरक्षाका लागी खटिएका प्रहरीको गोलीसहितको पेस्तोल हराएको छ। जिल्ला कारागार झापामा इटालियन पेस्तोल सहित त्यसको १४ राउण्ड गोली हराएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठका अनुसार उक्त पेस्तोल प्रहरी नायव निरीक्षक नरेश आचार्य विदामा रहेका बेला हराएको हो l उक्त पेस्तोल सहित गोली फेला नपरेपछि यस बारेमा छानबिन भइरहेको उनले बताए l

श्रेष्ठले हतियार हराएको विषयलाई खुलाएनन् तर यस बारेमा छानबिन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्