Logo

४० करोड लगानीमा इन्डोर आइसपार्क बन्दै



Spread the love

१ जेठ,विराटनगर। सुनसरीको इटहरीमा करिब ४० करोडको लगानीमा नेपालकै पहिलो इन्डोर आइसपार्क निर्माण हुने
भएको छ ।

रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि इटहरी उपमहानगरपालिका क्षेत्रको सिमसार क्षेत्र तालतलैयामा उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ। सञ्चालक विनोद पौडेलका अनुसार पार्कको नाम ‘वेट एन्ड डाइनो एम्युजमेन्ट एन्ड वाटर पार्क’ राखिएको छ।
साथै उक्त आइसपार्कमा ‘स्विमिङ पुल र डाइनोसरका मूर्तिहरु राखिनेछ।

प्रतिक्रिया दिनुहोस्