Logo

मोरङमा करेन्ट लागेर १ युवकको मृत्यु



Spread the love

१ जेठ, मोरङ। मोरङको धनपालथान गाउँपालिका-७ का एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा २५ वर्षीय मोहम्मद इलियाज मियाँ हुन् ।

आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्