Logo

मोरङमा ट्रयाक्टर चालकको मृत्यु



Spread the love

१ जेठ, मोरङ l गत बुधवार मोरङको बुढीगंगा गाउँपालिका ७ स्थित एसटीएल इँटा भट्टाभित्र ट्रयाक्टरमा च्यापिएर एक चालकको मृत्यु भएको थियो । बालुवा बोकेको को २ त ५१४ नम्बरको ट्रयाक्टरको डाला र इन्जिनको भागले च्यापिएर चालकको मृत्यु भएको हो l

उक्त घटनामा मृत्यु हुनेमा भोजपुर हतुवागढी गाउँपालिका ९ हसनपुरका २५ वर्षीय भरत राई रहेका छन् l मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठको भनाई अनुसार बालुवा लिएर गएको ट्रयाक्टर उकालो चढ्ने क्रममा पछाडि सर्न गई अगाडिको इन्जिनको भाग र डालाले च्यापेर चालक राई घाइते भएका थिए ।

घाइते राईलाई घटना पश्चात् उपचारका लागी विराटनगर अस्पताल लागिएको तर उपचारका क्रममा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्