Logo

काठमाडाैँको कालोपूलमा युवति माथि एसिड प्रहार



Spread the love

१ जेठ, काठमाडौं – काठमाडौंको कालोपुलमा युवति माथि एसिड प्रहार भएको समााचार प्राप्त भएको छ । हामीले पाएको जानकारी अनुसार कालोपुल बस्ने २० वर्षीया जेनी खड्का माथि एसिड प्रहार भएको हो ।

घाईते जेनीको ओम अस्पताल चाबहिलमा उपचार भईरहेको छ ।

घटना साँझ ८ बजे घटेको हो भने जेनी माथि कसले किन एसिड प्रहार गर्यो भन्ने विस्तृतमा खुल्न सकेको छैन । एसिड आक्रमण गर्नेको खोजीको लागि तीव्र रूपमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्