Logo

घरेलु मैदानमा मनाङको मिनर्वा पन्जाबसँग बराबरी



Spread the love

२ जेठ , काठमाडाैँ – नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलको चौंथो खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।

बुधबार भएको खेलमा मनाङले १० खेलाडीमा सिमित भारतीय क्लब मिनर्वा पन्जाबसंग १-१ गोलको बराबरी खेलेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता उल्टाएर मनाङले मिनर्वासंग बराबरी खेल्दै अंक बाडेको हो ।

खेलको ३९ औं मिनेटमा थोइबा सिंहले गोल गर्दै मिनर्वालाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा आक्रामक खेल पस्केको मनाङका लागि ८१ औं मिनेटमा साहिद अजिजले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

प्रतिक्रिया दिनुहोस्