Logo

गलैँचा कारखानामा आगलागी



Spread the love

२ जेठ, काठमाडाैँ – ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा भएको आगलागीबाट ठूलो धनको क्षति छ ।

हिजो साँझ ७ बजेर ५० मिनेटबाट शुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको हो । आगलागी भएको केही समयमा नै पाँच दमकल पुगेकाले थप क्षति हुन नपाएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए । आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति भएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्