Logo

विनियोजित बजेटको लक्ष्य भेट्नै मुस्किल, हालसम्म ३८ प्रतिशत मात्र पुँजीगत खर्च



Spread the love

२ जेठ, काठमाडौं ।

चालू आर्थिक वर्ष २०७५÷०७६ को बितेका १० महिनामा जम्मा ३८ प्रतिशत मात्र पुँजीगत खर्च भएको पाइएको छ । चालू आवको अन्त्यसम्ममा ६२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने अवस्था रहेकाले विकास निर्माणमा तीव्रता दिई समृद्ध नेपाल निर्माण गर्ने सपनासहित अघि बढेको सरकारको बजेट कार्यान्वयनको अवस्था फितलो र कमजोर देखिएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

चालू आवका लागि सरकारले पुँजीगत खर्च शीर्षकमा ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा १ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यसले मुलुकमा बजेट कार्यान्वयनको अवस्था फितलो र कमजोर रहेको देखाएको छ ।

आगामी आव २०७६÷०७७ को बजेट आउन अब जम्मा १३ दिन बाँकी छ । नयाँ आर्थिक वर्ष नजिकिएसँगै विनियोजित बजेट खर्च गर्न सरकारलाई चुनौती थपिएको छ । देश निर्माणको मूल आधार मानिने बजेटअन्तर्गतको विकास खर्च गर्न नसक्दा एकातिर विकास निर्माणका काम अलपत्र परेका छन् भने अर्कोतिर बजेटले लक्षित गरेको आर्थिक परिसूचक भेट्न मुस्किल देखिएको अर्थका विज्ञले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्