Logo

बागचौरमा मेयर कपको रौनक (फोटो फिचर)



Spread the love

१ जेठ, सल्यान  “प्रथम मेयर कप बागचौर नगरको शान ,स्वस्थ जिवन र खेलकुद प्रबर्द्धन हाम्रो अभियान” भन्ने मुलनाराका साथ बागचौर नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयरकप कार्यक्रमको उद्घाटन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सल्यान क्षेत्र नं.(क) का प्रदेश सासंद तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहले खेल क्षेत्रलाई बिशेष प्राथामिकता दिनु पर्नेमा जोड दिए ।

शाहले बजेट विनियोजन गर्दा खेल क्षेत्रलाई विशेष प्राथामिकता दिन आग्रह गरेका छन् । उनले खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनको लागि पनि बजेट विनियोजन गर्दा खेल क्षेत्रलाई प्राथामिकता दिन आग्रह गरेका छन् । शाहले खेल क्षेत्र राष्ट्रको सम्पत्ति र खेलाडी राष्ट्रको गहना भएकाले खेल क्षेत्रको विकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यमा प्रतिबद्ध भएर लाग्न जिल्लाका सबै स्थानिय तहलाई निर्देशन समेत दिएका थिए ।

कार्यक्रमका विशिस्ट अतिथि बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानका जिल्ला संयोजक गोविन्द पुनले जिल्लाको विकासका लागि सबै एक भएर लाग्नुको विकल्प नरहेको बताए । पुनले जिल्लाको विकास सबै वर्ग, जातजाती र लक्षित वर्गको हितमा हुनु पर्ने कुरामा जोड दिँदै आफुहरुलाइ जनताले स्थानीय तहको निर्वाचनमा संघिय संरचनाको गहन जिम्मेवारी दिएर पठाएको र त्यसलाई पुरा गर्न हरबखत लागिरहेको बताए ।

बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षता र उप -प्रमुख कल्पना पुनको स्वागत मन्तव्य बाट सुरु भएको बागचौर नगरपालिकाको प्रथम मेयर कप उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका अन्य अतिथि दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसि(अरुण)ले शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रको विकास सँगै खेलक्षेत्र र आधुनिक कृषि क्षेत्रको विकासका लागि आँफुहरु तत्पर रहेको बताए । उनले जनताका आधारभुत आवश्यकता पूर्तिहुने खालका विकासका कार्यहरू सम्पन्न गर्न आफुहरु तीव्र रुपमा लागि परेको बताए ।

कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसि, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेकपाका कर्णाली प्रदेश सदस्य कृर्तिबहादुर पुन (प्रकाण्ड)लगाएतकाले प्रथम मेयर कप खेलकुद प्रतियोगिताको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

जेठ १ गते विधिवत रुपमा उद्घाटन भएको प्रथम मेयर कप खेलकुद प्रतियोगिता जेष्ठ ६ गते सम्म सञ्चालन हुने र उक्त कार्यक्रममा बागचौर नगरपालिकाका १२ वटै वडाहरुबाट दर्जनौं प्रतियोगितात्मक कार्यक्रमलाई समावेश गरिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्