Logo

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका



Spread the love
सांकेतिक तस्बिर

२ जेठ, ललितपुर ।

ललितपुरको महाङ्काल गाउँपालिकाकाका ९८ प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन्। २७ सामुदायिक विद्यालय रहेको गाउँपालिकाभित्र एउटा मात्रै निजी विद्यालय रहेको छ ।

यहाँका २ हजार २०० बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।विद्यालय उमेरका विद्यार्थी नभएका कारण टुंगुन प्राविमा सात, चनदेवी प्राविमा छ, रिङ्गिन प्राविमा १८, नमूना प्रावि र बाल प्राविको आँकडा अति निराशाजनक छ भने जनजागृत प्राविमा विद्यार्थी नै छैनन्।

ती विद्यालय समायोजन गर्ने, सार्ने अर्थात् बन्द गर्ने कुन रणनीति अपनाउँदा राम्रो हुन्छ सोही उपाय अपनाई जेठको अन्तिमसम्म यी विद्यालयलाई के गर्ने भन्ने टुङ्गोमा पुर्‍याइने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्