Logo

जान्नुहोस् पानीको कमीले देखापर्ने यी समस्याहरु



Spread the love

मानवीय जीवनको लागि पानी नभई नहुने चिज हो l जसले गर्दा मानिस जीवित रहन सक्दछ l हामीले दिनभरि केही पनि खानेकुरा नखाइकन बस्न सक्छौँ, तर पानी नपिईकन बस्न भने असम्भव नै हुन्छ l मानिसहरूले दिनहुँ ८ गिलास पानी पिउन सकेमा यसले शरीरलाई स्वस्थ्य बनाउनका साथै बिभिन्न रोगहरूबाट पनि मुक्त दिलाउँदछ l तर मानिसहरूको शरीरमा पानीको कमी हुनाले बिभिन् किसिमको समस्याहरू देखा पर्दछ l

पानीको अभावमा देखापर्ने समस्याहरू यसप्रकार छन् :

शरीरको तापक्रम वृद्धि गर्छ
मानिसहरूमा पानीको मात्र कम हुँदा यसले शरीरको तापक्रम बढाउँछ l सो कारण शरीरलाई चिसो बनाउका लागी पनि पानी पिउने बानी बसाल्नुपर्दछ l

पेटको अल्सर
शरीरमा पानीको अभावका कारण म्युकोसको निर्माण हँदैन । जसले गर्दा पाचन पक्रियामा असर गरी पेटको अल्सर निम्त्याउँछ।

जोर्नी दुख्छ
जब मानिस पानी कम पिउने गर्दछन्, तब शरीरमा पानीको अभाव भई शरीर पोल्ने र जोर्नीमा पीडा हुने गर्दछ ।

रक्तचाप घट्छ
मानिसको शरीरमा पानीको मात्रा कम भएमा अन्य कुराको साथै रक्त चापको मात्रा पनि घटेर जाने गर्दछ ।

मुटुको धड्कन बढ्छ
मानिसहरूले जब कम मात्रामा पानीको सेवन गर्दछ, तब शरीरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । जसले गर्दा मुटुको धड्कन तेजसँग बढ्ने गर्दछ l

पाचन प्रणालीमा समस्या
पानी मानिसको लागि एउटा महत्त्वपूर्ण पर्दाथ हो, जसले खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउँदछ। तर पानीको कमी हुनाले यसले पाचन प्रक्रियालाई समस्या गराउँदछ l

कमजोर र धमिलो
शरीरमा पानीको मात्रा कम भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् र इन्जाइमले पर्याप्त ऊर्जा उत्पन्न गर्छ। जसका कारण शरीरलाई कमजोर र आँखा धमिलो बनाउँछ।

प्रतिक्रिया दिनुहोस्