Logo

के तपाईहरुलाई थाहा छ, कस्तो सपना देख्दा यी संकेत प्राप्त हुन्छ ?



Spread the love

हरेक मानिसले राती निदाएको बेला सपना देख्ने गर्छन् । राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन जसको कारणले गर्दा हामीले सपना देख्ने गर्दछौ । सपना एउटा विपनाको संकेत पनि हो ।हाम्रो परम्परा अनुसार कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । तर सबै सपनाले राम्रो फल दिन्छ भन्ने हुदैन कति सपनाहरु यस्तो पनि हुन्छ जसले नराम्रो संकेत दिने पनि हुन्छ l

जान्नुहोस् हामीले कुन सपना देख्दा के हुन्छ :

– आफू उडेको सपना देख्दा कुनै समस्याबाट छुटकारा पाइन्छ ।

– यदि सपनामा जमीनमा जोतेको, छरेको, रोपेको देख्नु भएको छ भने हरेक काम पूरा हुन्छ ।

– महिलाहरुले चुरा देखेमा आफ्नो सौभाग्य वृद्धि हुन्छ l

– तपाईहरुले सपनामा सेतो परेवा देख्नु भयो भने तपाइको शत्रुहरु मित्र बन्न सक्छन l

– तपाई यदि सपनामा मृत व्यक्तिसंग गफ गरेको देख्नु भयो भने तपाइको मनले चाहेको इच्छा पूरा हुनसक्छ l

– सपनामा सिंह जोडी देखेमा तपाइको दाम्पत्य जीवन सफल हुन्छ l

– सपनामा पानी देख्नु भयो भने धनलाभ हुन्छ l

– यदि गोबर देख्नु भयो भने पशुपालनमा राम्रो लाभ हुन्छ l

– सपनामा पूजा गरेको देखेमा तपाईको समस्याको समाधान हुन सक्छ l

– जुवा खेलेको देखेमा व्यापारमा राम्रो आम्दानी हुन्छ l

प्रतिक्रिया दिनुहोस्