Logo

जान्नुहोस् गर्मी मौसममा खर्बुजा खानुका फाइदाहरु



Spread the love

खर्बुजाको सिजन भनेकै गर्मी मौसममा हो l आज भोलि यति गर्मी बढेको छ कि जसले गर्दा बजारमा गर्मी हटाउने विभिन्न फलफुलहरु प्रशस्त मात्रमा बजारमा पाइन्छन् । जस मध्ये खर्बुजा पनि एक हो l यसमा प्रशस्त मात्रामा पानी पाइने हुँदा खर्बुजा स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ।

यस्ता छन् खर्बुजा खादा हाम्रो स्वास्थ्यमा हुने फाइदाहरू :

– खर्बुजामा धेरैमात्रामा पोटासियम हुनेहुनाले यसले शरीरमा पोटासियमको मात्रा कायम राख्छ र हाम्रा हाडजोर्नीहरु बलियो बनाऊदछ ।

– खर्बुजाले आँखामा आउने समस्या पनि कम गर्छ ।

– खर्बुजा दिनहुँ खाएमा मुटु रोग सम्बन्धी प्रतिरोधात्मक क्षमताको विकास गराऊ छ l

– यसको सेवनले हाम्रो शरीर लाई शीतल प्रदान गर्दछ l

– खर्बुजामा ९० प्रतिशत पानी हुने हुनाले यसले कब्जियत र अपच हुने जस्ता समस्याहरू रोक्न मद्दत गर्छ ।

– खर्बुजाको दिनहुँ खानाले रक्तसञ्चार प्रणालीमा सुधार आउँछ ।

प्रतिक्रिया दिनुहोस्