Logo

गर्मी मौसममा के खाने के नखाने ? गर्मीमा स्वस्थ रहन जान्नै पर्ने कुराहरु



Spread the love

गर्मि मौसममा तरकारीहरू प्रसस्तमात्रमा पाईन्छ l तर गर्मीमा जुन पाय त्यहि तरकारीसंग खाना खान मन लाग्दैन l गर्मीको बेला जाडो मौसमको तुलनामा पाचन शक्ति कम हुनेहुदा यो मौसममा बढी बिरामी हुने हुनाले गर्मी मौसममा खानपानमा बढी ध्यान दिनुपर्दछ l त्यसैले गर्मीमा खास किसिमका तरकारीको सेवन गर्दा पनि शरिरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

  • के खाने ?

पानी

मकै

गोल्भेडा

गाजर

खरबुजा

काँक्रो

दही

  • के नखाने ?

मसालेदार खानेकुरा

माछा कम खाने

जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत)/फास्ट फूड

अन्डा कम खाने

रातो मासु

गर्मि मौसममा यी तरकारीको प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा हुने फाईदाहरु :

– गर्मि मौसममा काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले गर्मीमा खानासँगै काँक्राको सलाद ज्यादै लाभदायक हुन्छ ।

– लौका चिसो खालको तरकारी हो । यसमा क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ जसलेगर्दा अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि एकदम राम्रो हुन्छ ।

-गर्मी मौसममा प्याज अतिनै उपयोगी हुन्छ l जसबाट भिटामिन सी,बी पाईने हुदा पेटका बिरामीहरुलाई निकै नै फाईदा हुन्छ गर्दछ l

– करेला तीतो भएपनि यसले खाना सजिलै पचाउन मद्दत गर्दछ l

– हरियो सिमिमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले गर्मि मौसममा यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

– यो मौसममा गोलभेडाको अत्यधिक मात्रामा सेवन गर्नु पर्दछ l किन भने यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्