Logo

राष्ट्रिय गित बजाउँदा २ जना प्रहरीको नियन्त्रणमा



Spread the love

२ जेठ , बुटवल । बुटवलमा पुरानो राष्ट्रिय गानबजाएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा रहेका छन् l

बुटवलको ट्राफिकचोकमा आयोजित सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको भन्दै उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको र सर्वोच्च अदालतले दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

शाही युवा शक्ति नेपालले भने दुबैलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्