Logo

रोबोटद्वारा निकालियो ९ महिना पछि १ शव



Spread the love

२ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएका सुनिल बराइलीको शव ९ महिना पछि रोबोटको सहयोगमा भेटिएको छ ।

शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तेश्रो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गएकाे साउनमा बेपत्ता भएका थिए । बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव त्यति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराइरहेका थिए ।
विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर सुनिल बराइलीको शव बाहिर निकालेको हो । बेपत्तामध्ये अब पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी रहेको र उनको खोजी भैरहेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्