Logo

मध्यपश्चिमान्चल स्तरीय नृत्य प्रतियोगिताको पहिलो अडिसन राउन्ड सल्यानको श्रीनगरमा सम्पन्न



Spread the love

असार ११
दिपसागर भण्डारी

डि. टेन इन्टरटेनमेन्ट र डि एल.लेडिज फिटनेस डान्स क्लब तुलसीपुर दाङको आयोजनामा सल्यान श्रीनगरमा भएको मध्यपश्चिमान्चल स्तरीय नृत्य प्रतियोगिताको पहिलो चरणको अडिसन राउन्डमा सल्यान जिल्लाका २० जना प्रतियोगीहरुले भाग लिएका 13509017_598133600353346_1919710426943788084_nथिए भने पहिलो अडिसन बाट १८ जना प्रतियोगी हरु दोस्रो चरणको अडिसनका लागी छानिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले क्लबले सरणिय काम गरेको,गाउ बस्तिमा रहेका बास्तबिक नृत्य हरुलाई खुल्ला प्रतियोगिताको माध्यम बाट केन्द्र सम्म पुर्‍याउन सफल बन्नुका साथै दीर्घकालीन समय सम्म क्लबले यो बिधालाई प्राथामित्ता दिनको लागी प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रमका बिशिस्ट अतिथी नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रकास भण्डारी लगाएत अन्य अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

डि.टेन इन्टरटेनमेन्ट क्लबका कार्यकारी निर्देशक बिस्णुकुमार देपकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नाई न भन्नु ल भाग ४कि नायिका याङसु श्रेष्ठ ,चलचित्र कर्मी कल्पना श्रेष्ठ लगाएतका कलाकार हरुको उपस्थिति रहेको थियोे ।

प्रतियोगिताको दोस्रो अडिसन राउन्ड दाङ घोराहीमा श्रवणको पहिलो साता हुने कार्यकारी निर्देशक बिस्णु कुमार देपकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्