Logo

वीरगञ्जमा प्रहरीद्वारा अवैध केराउ बरामद



Spread the love

 

२ जेठ ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१६ बाट प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १ सय ५० बोरा अवैध केराउ बरामद गरेको छ l
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना. ६. ख. ८००२ नम्बरको पिकअप गाडीमा लोड गरि लैजाँदै गरेको ३ हजार ७ सय ४० किलो केराउ बरामद गरेको हो l

उक्त बरामद गरिएको केराउसहित गाडीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्