Logo

तीन दिनका लागि नवलपरासी बन्द



Spread the love

२ जेठ, काठमाडौँ । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका लागि पश्चिम नवलपरासीका सीमा नाका तीन दिनका लागि बन्द गरिएका छन्। शुक्रबारदेखि आइतबारसम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए।

सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा व्यवस्था कडा गरिएको छ। बन्द हुने सीमा नाकामा महेशपुर, भूजहवा, विस्नुपुरा, झोलनिपुरलगायत भारतको उत्तरप्रदेशसँग जोडिएका प्रमुख र सहायक नाका रहेको प्रजिअ लामिछानेले बताए।

जेठ ५ गते लोकसभा निर्वाचन हुने भएकोले जेठ ३ गते बिहानदेखि ३ बजेदेखि जेठ ५ गते साँझ ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस्