Logo

पूर्व प्रधानमन्त्री बब हकको ८९ वर्षमा निधन



Spread the love

२ जेठ, काठमाडौँ ।
अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बब हकको ८९ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनकी श्रीमती तथा बायोग्राफर ब्लान्च डी एल्पुगेट पूर्व प्रधानमन्त्री हकको निधन भएको जनाएको छन् ।

उनि सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका थिए । अष्ट्रेलियामा सबैभन्दा धेरै प्रधानमन्त्रीको रुपमा रहनेमध्ये उनि तेस्रो नम्बरमा पर्छन । अष्ट्रेलियाको २३औँ प्रधानमन्त्री बनेका उनि लेबर पार्टीमा आबद्ध थिए ।

हकलाई आधुनिक अष्ट्रेलियाका निर्माताका रुपमा पनि चिनिन्छ । अष्ट्रेलियाको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै, स्वास्थ्य क्षेत्र र वातावरणको क्षेत्रमा उनको योगदान अतुलनीय रहेको छ । उनले अष्ट्रेलियाको चार वटा संघीय चुनाव जितेका थिए।

प्रतिक्रिया दिनुहोस्