Logo

आगलागी हुँदा ५२ लाख बरावरको क्षति



Spread the love

२ जेठ, भोजपुर। बिहिवार दिउँसो भोजपुर सदरमुकामको पोखरेमा आगलागी हुँदा ५२ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय बखतवहादुर श्रेष्ठको घरबाट सुरु भएको आगलागी नियन्त्रणमा न आउदा आसपासका दुई ओटा घरमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

 आगलागीबाट श्रेष्ठको किराना पसल, नगद पाँच लाखसंगै सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीको भनाई रहेको छ ।

साँघुरो बाटोको कारण नगरपालिकाको दम्कल जान नसक्दा नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण आएको हो ।

प्रतिक्रिया दिनुहोस्