Logo

नेपाल आइडल २ की अस्मिता अधिकारीको ‘बारुली कम्मर’ गीत रिलिज (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाल आइडल  सिजन २ की सेकेन्ड रनर अफ अस्मिता अधिकारीको स्वर रहेको ‘बारुली कम्मर’ बोलको गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। नेपाल आइडल  सिजन २ बाट एकाएक चर्चामा आएकी छिन् । गीतको मुख्य भूमिकामा पूजा गिरीले अभिनय गरेकी छिन् ।

गीतमा अस्मिता अधिकारीसँगै गायक कमल खत्रीले स्वरमा साथ दिएका छन् भने शब्द र संगीत गायक कमल खत्रीको रहेको छ । यस गीतलाई किरण तुलाधरले एरेन्ज गरेका छन् । विदुर पाण्डे र रामशरण उप्रेतीद्वारा छायांकन गरेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । गीतलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/I1p5NinZCpo

प्रतिक्रिया दिनुहोस्