Logo

झापा भरतपूर गोल्डकपको फाइनलमा



Spread the love

३ जेठ, काठमाडौं – निशान लिम्बुको एक मात्रै निर्णायक गोलमा झापा ११ सिएमएस भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

चितवनको क्याम्पाचौरमा बिहीबार भएको खेलमा झापाले एपीएफलाई १–० गोल अन्तरले पराजित गर्याे । अब झापाले फाइनलमा संकटा क्लबको सामना गर्नेछ ।

प्रतिस्पर्धात्मक भनेको खेलमा झापालाई जित दिलाउन एक मात्रै निर्णायक गोल निशान लिम्बुले गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दि म्याच झापा एघारको एक मात्रै गोलकर्ता निशान भए । उनले १० हजार प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्