Logo

लागुऔषधसहित जापानी पक्राउ



Spread the love

३ जेठ, काठमाडाैँ – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित हिजो एक जापानी नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरी सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएको जानकारी दिए ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पठाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्