Logo

कुसुण्डालाई शैक्षिक सामग्री



Spread the love

३ जेठ, तनहुँ – लोपोन्मुख कुसुण्डा जातिका बालबालिकालाई ‘साभ नेपाल’को पहलमा शैक्षिक सामग्री वितरण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँस्थित सतिश बोर्डिङ स्कूलमा अध्ययनरत कुसुण्डा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

करीब रु १० हजार बराबरको शैक्षिक सामग्री विद्यालयमै पुगेर साभ नेपालका अध्यक्ष तुलसी प्रवासले आदिवासी जनजाति महासङ्घका अध्यक्ष वसुन्धरा घर्ती र व्यास नगरपालिका–१० का वडासदस्य सूर्य मिश्रको रोहवरमा उनीहरुलाई हस्तान्तरण गरेका हुन् ।

वितरण गरिएका सामग्रीमा झोला, पुस्तक, कापी, पेन्सिललगायत रहेको छ । कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री साभ नेपालले उपलब्ध गराउने बताइएको छ । “कुसुण्डाको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान शुरु गरेका हौँ”, प्रवासले भने । अभियानबाट सङ्कलित रकमले कोष बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्