Logo

त्रिवि परीक्षामा राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि मौखिक परीक्षा स्थगित



Spread the love

३ जेठ, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि त्यसको चर्को आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि लिखित परीक्षामा भएको अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ ।
त्रिवि सेवा आयोगको खुला प्रतियोगिताअन्तर्गतको शाखा अधिकृत पदको २ जेठ २०७६ देखि हुने भनिएको अन्तर्वार्ता स्थगित भएको हो । आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्