Logo

एक विद्यार्थीको विदेश भ्रमणका लागि त्रिविको परीक्षा सार्न पत्राचार



Spread the love

३ जेठ, काठमाडौँ ।

एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी स्वदेश फर्किएपछि मात्र परीक्षा गर्ने गरी तालिका मिलाउन खोजिएको छ ।

आगामी २७ जेठमा हुने परीक्षा पछि सार्नका लागि क्याम्पस प्रशासनले नै परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्