Logo

मेसीलाई क्याटलोनियाको सबैभन्दा प्रतिष्ठित सम्मान



Spread the love

३ जेठ , काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन कप्तान लियोनल मेसीले क्याटलोनियाको उच्च सम्मान प्राप्त गरेका छन् । क्याटलोनियाले सो क्षेत्रमा गरेको विशेष कार्यको मुल्यांकन गर्दै दिने सम्मान स्वरूप उपाधि क्र्यु डे सन्ट जोर्डी अवार्डबाट सम्मानित भएका हुन् ।

क्याटलोनियाले यो अवार्ड हरेक वर्ष क्याटलोनियामा कुनै व्यक्तिले गरेको विशेष कार्यको कदर गर्दै प्रदान गर्दछ । क्याटलोनियामा यो अवार्ड सबैभन्दा प्रतिष्ठित अवार्ड अन्तर्गत पर्दछ ।

क्र्यु डे सन्ट जोर्डी अवार्डबाट सम्मानित हुने मेसी इतिहासकै दोश्रो फुटबल खेलाडी हुन् । उनीभन्दा अगाडी बार्सिलोनाकै सर्वकालीन महान डच खेलाडी जोहान क्रुइफले यो अवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्