Logo

स्थानीय निकायका उपप्रमुखको सहभागितामा इजलास सञ्चालन



Spread the love

३ जेठ, दैलेख – स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ । यसअघि न्याय समितिले इजलासविना नै आएका उजुरीको अधिकार क्षेत्रभित्र रहेर छलफल गर्दै सहमतिका आधारमा काम गर्दै आएको थियो ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सावित्री मल्लले निर्वाचन जितेलगत्तै आफूहरु सबै नागरिकको पक्षमा निष्पक्ष काम गर्नका लागि खटिएको र इजलासमा बसेर निर्णय गर्दा कोही कसैमाथि पनि अन्याय नगरी काम गर्ने बताए । न्यायिक समितिले विवाद निरुपण गर्ने ११ नियमहरु र अन्य १३ विषयका बारेमा छलफल गर्दै आएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहमा इजलासको आवश्यकता महसुस गरिएको भए पनि स्थान अभावका कारण इजलास बन्न सकेका छैनन् । इजलास निर्माणसँगै न्याय सम्पादनमा सहज हुने नगरपालिकाले जानकारी दिएको छ । न्याय समितिको कार्यसम्पादनभन्दा बाहिर रहेका मुद्दाका बारेमा सहजीकरणसँगै अदालतमा जानुपर्ने विषयमा सोझै आदालत पठाउने काम गरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत जगत बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्