Logo

जान्नुहोस् यी कारणहरुले गर्नुपर्दछ कस्मेटिक सर्जरी



Spread the love

 

बढी जसो युवक भन्दा युवतीहरू आफ्नो सुन्दरता प्रति ध्यान दिने गर्दछन l युवतीहरू आफ्नो सुन्दर फेश बनाउनका लागि कस्मेटिक सर्जरी पनि गर्ने गर्दछन् ,जुन प्लास्टिक सर्जरीकै एउटा अङ्ग हो । युवतीहरू आफ्नो बिग्रेको छाला र सुन्दर देखिनुका लागि यो सर्जरी गर्ने गर्छन् l सर्जरी गर्दा प्लास्टिक तथा कस्मेटिक सर्जनसँग सल्लाह बमोजिम मात्र सर्जरी गर्नु उपयुक्त हुन्छ ।

हेर्नुहोस् यी कारणहरूले गर्नु पर्दछ सर्जरी :

  • यदि कुनै व्यक्तिको आँखा साना छ भने त्यस्ता मानिसले अलिक ठुलो आँखा बनाएर आकर्षक देखाउन यो सर्जरी गरिन्छ।
  • कुनै व्यक्तिको नाक ठुलो वा नमिलेको छ भने त्यस्ता नाकलाई राम्रो देखाउन पनि यस्तो सर्जरी गरिन्छ l जसलाई राइनो सर्जरी भनिन्छ ।
  •  कोही मानिसहरूको आँखा, नाक र छाला नामिएको छ भने त्यस्ता फेशलाई मिलाउनुका साथै सुन्दर बनाउन पनि यसको प्रयोग गरिन्छ l
  • मोटोपना भएको मानिसको मोटो पेटलाई घटाउनका लागि पनि यो सर्जरी गरिन्छ ।
  • आगोले पोलेर कुनै मानिसको फेश जलेको छ भने पनि दाग हटाउनका यस्ता सर्जरी गरिन्छ ।
  • यदि कुनै मानिसहरूको ओठ काटिएको छ भने पनि ओठ बनाउन र ओठ सानो वा ठुलो बनाउन पनि यो सर्जरी गरिने गर्दछ l

प्रतिक्रिया दिनुहोस्