Logo

आइपिएलको पहिलो म्याचमा हैदरावादको शानदार जित



Spread the love

साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार बेलुका घरेलु मैदानमा भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले हराएको हो ।

gh

हैदरावादले प्रस्तुत गरेको दुई सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । हैदरावादका आषिश नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई दुई विकेट लिए । नेहराले आइपिएलको इतिहासमा एक सय विकेट लिइसकेका छन् । उनी आइपिएलमा सय विकेट लिने आठौं खेलाडी बेनका छन् । विराट कोहली बिना खेलेको बैंग्लोरका लागि क्रिस गेलले ३२, केदार जाधवले ३१ तथा ट्रेविस हेडले ३० रन बनाए ।

आईपिएल क्रिकेटमा आज बेलुकी राईजीङ पुणे सुपरजायन्ट्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्