Logo

जान्नुहोस् सुन्तलाको सेवनबाट हाम्रो शरीरमा हुने फाइदाहरु



Spread the love

सुन्तलाको सिजन भनेको जाडो मौसममा हो तर फलफूलको सिजन जाडो होस् या गर्मी हाम्रो स्वास्थ्यको लागि सधैँ लाभदायक नै हुन्छ l सुन्तलामा प्रशस्त मात्रामा पानी पाइने हुने हुनाले गर्मी मौसम यसको सेवन गर्नु अतिनै उपयोगी हुन्छ l यसको स्वाद एकदम रसिलो हुनाले जो कोहीलाई पनि मन पर्दछ साथै सुन्तला स्वास्थ्यका हिसाबले पनि निक्कै फलदायि फल हो ।जसको सेवनबाट हाम्रो शरीरमा धेरै फाइदाहरू हुने गर्दछ ।

सुन्तलाको सेवनले गर्दा हाम्रो शरीरमा हुने फाईदाहरु यस प्रकार छन् :

– सुन्तलामा भिटामिन ए, बी र सी पाइने हुनाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् ।

– सुन्तलाले मृगौला र पिसाब सम्बन्धी रोग कम गर्न मद्दत गर्दछ ।

– सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्नदछ ।

– यदि बालबालिकालाई झाडा पखाला लागेको छ भने सुन्तलाको रस थोरै–थोरै गरेर दिँदा शरीरमा चाहिने पानी लगायत अन्य तत्वको आपूर्ति हुन्छ ।

– सुन्तलामा पाइने भिटामिन ए आँखाका लागि एकदमै आवश्यक तत्त्व हो। जसले गर्दा हाम्रो आँखा तेजिलो बनाउन मद्दत गर्दछ l- सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइने हुँदा यसले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

– यदि तपाईँलाई कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, किनभने सुन्तलाले दिसा खुलाउनुको साथै पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्