Logo

सन्दीप केहि समयको लागि अष्ट्रेलिया जाने



Spread the love

३ जेठ, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आगमी मंगलबार अष्ट्रेलिया जाने भएका छन् ।

रमन शिवाकोटीका अनुसार सन्दीप आगमी २१ मे मा अष्ट्रेलिया जादै छन् । आफ्नो ब्यक्तिगत कारणले सन्दीप अष्ट्रेलिया जान लागेका शिवाकोटीले जानकारी दिए । शिवाकोटीले अन्य कारण भने खुलाउन चाहेनन् ।

गत शनिवार आईपीएल खेलेर नेपाल फर्किएका सन्दीप अब केहि समय आरामसँगै साथीभाईसँग घुमफिर गर्दै समय बिताउने छन् । सन्दीपको अहिले अन्य कुनै विदेशी लिग नजुधेको र प्रधानमन्त्रीकप किकेट नखेल्ने निर्णय लिएपछि केहि समय फुर्सदिला भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्