Logo

जान्नुहोस् यी हुन् रिस उठ्नुका कारणहरु



Spread the love

 

मानवीय जीवनमा कहिले दुख र कहिले सुख भई नै रहन्छ l कहिलेकहीँ मानिसहरूलाई केही कुरामा चित्त बुझ्यो भने हाँस्दछ त कहिलेकाहीँ चित्त बुझेन भने रुने पनि गर्दछ l मानिसहरूलाई चित्त नबुझ्नुका कारण त रिस उठ्नु हो l तर तपाइहरूले कहिले बिचार गर्नु भएको छ, हामीलाई रिस चाही के कारणले उठ्छ भनेर?

हेर्नुहोस् यी हुन् रिस उठ्नुका कारणहरू :

  • कहिले कहीँ कुनै व्यक्तिको आफ्नो व्यक्तित्व, स्वभाव, विचारमा चुनौती आएमा रिस उठ्ने गर्दछ l
  • आफूले केही काम गर्न लागेको र त्यो काम पुरा नभई अपुरो नै रहयो भने पनि मानिसहरूलाई रिस उठ्ने गर्दछ l कुनै काममा नोक्सानी भएमा पनि रिस उठ्दछ l
  • कुनै व्यक्तिले चित्त दुखने गरी गाली गरेमा वा भनेमा पनि मानिसहरूलाई रिस उठ्ने गर्दछ l कसै मानिस उदास भएमा पनि रिस उठ्ने गर्दछन् l
  • आफूले भनेको कुरा नमानिकन त्यस कुराको विपरीत गर्नाले पनि रिस उठ्ने गर्दछ ।
  • कसै मानिसहरूको यस्तो पनि बानी रहन्छ, कि आफ्नै कुराको जित गर्नुपर्ने l यदि आफ्नो कुराको जित नहुनाले पनि मानिसहरूलाई रिस उठ्ने गर्दछ l
  • आफूले लिएको निर्णय गलत भएमा पनि मानिसहरूलाई रिस उठ्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्