Logo

नदिमा डुबेर ७ वर्षीय बालकको मृत्यु



Spread the love

३ जेठ, सर्लाही । सर्लाहीमा पौडी खेल्दै गर्मी छल्न नुहाउन गएको एक बालकको डुबेर मृत्यु भएको छ । डुबेर एक बालकको मृत्यु भएको छ । बिहिबार वडा नं. ३ स्थित कोठियार टोल बस्ने शिवचन्द्र रायको ७ वर्षीय छोरा प्रिन्स कुमार यादवको नदिमा डुबेर मृत्यु भएको हो ।

गर्मी छल्न नुहाउन गएको ६–७ जना बच्चाहरुको समुहमा पौडि खेल्ने क्रममा बालक डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले बताए । बालकको शव पोष्टमार्टम गरिसके पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्