Logo

जुत्ता लगाउँदा खुट्टा गन्हाउँछ, घर भित्र छिर्ननै अफ्टेरो लाग्यो ? दुर्गन्ध हटाउन अपनाउनुहोस यि उपायहरु



Spread the love

गर्मीयाममा मात्र होईन जाडोयाममा पनि धेरै मानिसको खुट्टा गनाउने हुन्छ र यो एउटा टाउको दुखाइ विषय हो। तपाईमध्ये कतिपयले कार्यालय वा विभिन्न व्यक्तिसँग भेटघाटमा जाँदा जुत्ता खोल्नपर्ने समस्याले हैरानी व्यहोर्नुभएको होला । यदि तपाईको खुट्टा अत्याधिक गनाउँछ भने जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । लामो समयसम्म जुत्ता मोजा लगाइराख्दा छालामा परेका साना साना चिराहरु दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ ।

कतिपय मानिसहरुको जुत्ता लगाउँदा खुट्टा अतिनै गन्हाउने समस्या हुने गर्दछ । कतै जानुपर्यो भने जस्तै अफिस या पाहुना लाग्दा जतिसुकै सफा मोजालगाउदा पनि खुट्टा गन्हाएर लाजैमर्नु हुन्छ । त्यसैले अपनाउनुस यी उपायहरु जसले गर्दा तपाइको जुत्तामा मोजा लगाउँदा खुट्टा गन्हाउँने समस्या हटाउन मद्दत गर्दछ ।

– मोजा किन्दा जहिले पनि राम्रो कपडाको मोजा छान्नुपर्दछ किन भने नाइलन अथवा पोलिष्टर मिसिएको कपडा भएमा खुट्टा झनै गन्हाउने गर्छ ।

– मकैको पिठो जुत्तामा हाल्नुहोस् जसले गर्दा खुट्टा शुक्खा बनाएर गन्ध हटाउन मद्दत गर्दछ ।

– चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर केहि समय तेतिकै राख्नुहोस । जसले गर्दा यसले खुट्टाको दुर्गन्ध कम गर्दछ ।

– यदि कागती पानी मिलाएर खुट्टा धोएमा पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ ।

– जहिले पनि हरेक दिन खुट्टा र मोजा डिटोल साबुनले धुनुहोस । यस्तो गर्नाले खुट्टाको गन्ध छिटो कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्