Logo

ट्याङ्करको ठक्करबाट छाेरीकाे मृत्यु , बुवा घाइते



Spread the love

३ जेठ, काठमाडौं । शुक्रबार बिहान राजधानीको सुन्धारामा पानी बाेक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे पनौति घर भई काँडाघारी बस्दै आईरहेको २३ वर्षीया सुनिता केसीकाे मृत्यु हाे ।

मोटरसाइकल चालक रामशरण केसी भने गम्भीर घाइते भएका छन् । उपचारका लागि ट्रमा सेन्टरमा लगिएकी सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुवा रामशरणकाे भने उपचार भइरहेकाे छ ।

ट्याङ्कर चालक अमर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्