Logo

सिराहमा चोरीको आरोपमा एक सैनिकको मृत्यु



Spread the love

 

 

 

 

३ जेठ, सिराह l सिरहामा एक सैनिक जवानलाई चोरीको आरोपमा कुटपिट गरे पश्चात् मृत्यु भएको छ । बिदा मनाउन घर आएका सैनिकले सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीहरुको कुटाई खाएपछि गम्भीर घाइते भएका हुन् l

घाइते भएका जवानको उपचार गर्ने क्रममा अस्पताल मै मृत्यु भएको हो । सैनिकको मृत्यु पश्चात् त्यस घटनामा संलग्न गाउँका पुरुषहरू भागेर फरार भएका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंह रहेका छन् । सिंह नेपाली सेनाको सङ्खुवासभाको खाँदबारी स्थित गणमा कार्यरत थिए ।

प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार आफ्नो बिदा मनाउन आएका सैनिकलाई आफ्नै गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानियवासीहरुले बिजुलीको पोलमा बाँधी मृत्यु हुने गरी कुटिएको बताए l

प्रहरीका अनुसार सैनिकको कुटपिट गरी फरार भएका संलग्न पुरुषहरूलाई तीब्ररुपमा रूपमा खोजी भइरहेको बताएका छन् l

प्रतिक्रिया दिनुहोस्