Logo

कान्तिपुर हाफ म्याराथन जेठ ११ बाट सुरु हुने



Spread the love

३ जेठ, काठमाडौं । यही जेठ ११ गतेबाट कान्तिपुर हाफ म्याराथन सुरु हुने भएको छ । शुक्रबार आयोजक कान्तिपुर पब्लिकेशन्स प्रालिले पत्रकार सम्मेलन गर्दै नवौँ संस्करणबारे जानकारी दिएको हो ।

प्रतियोगितामा हाफ म्याराथन २१.१ किलोमिटरको हुनेछ ।त्यस्तै , ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौडसमेत हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा करिब ३ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा रहेको हाफ म्याराथनमा नेपाल एथ्लेटिक्स सघंले प्राविधिक सहयोग गरेको छ ।

हाफ म्याराथनमा सहभागिता जनाउन चाहनेहरुले जेठ ८ गतेभित्र कान्तिपुर पब्लिकेशनमा नाम दर्ता गराईसक्नु पर्नेछ । महिला र पुरुष दुवैतर्फका विजेताले डुएट स्कुटरसहित समान ५०–५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, ह्विल महिला र पुरुष प्रतिस्पर्धामा विजेताले २०–२० हजार पाउँदा उपविजेताले १०–१० हजार र तेस्रो हुनेले समान ५–५ हजार हात पार्ने छन् ।

कर्पोरेट–मिडियातर्फको विजेताले थाइल्याण्डको बैंककको ३ रात ४ दिनको प्याकेज प्राप्त गर्दा उपविजेताले २ रात ३ दिनको प्याकेज र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्