Logo

पर्सामा हत्या गरेको अभियोगमा १ जना पक्राउ



Spread the love

३ जेठ, पर्सा । पर्साको जिराभवानीपुरमा हत्या गरेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिन रहेका छन् ।

उनले आफ्नै ४८ वर्षीय शेष फारुकलाई कटुवा पेस्तोलले गोली प्रहार गरेका छन । गोली प्रहारबाट गम्भीर घाइते भएका शेष फारुकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज हुँदै नेशनल मेडिकल कलेज वीरगंज लगिएको र थप उपचारको लागि शिक्षण अस्पतालमा महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

उक्त घटना हुनासाथ प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले शेख सेरामुद्धिनलाई कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित फेला पारी पक्राउ गरि यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ।

प्रतिक्रिया दिनुहोस्