Logo

काभ्रेको भाङ्गेटारमा जलेको अवस्थामा दुई शव फेला



Spread the love

३ जेठ, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१०, वाल्टिङस्थित भाङ्गेटारमा दुई जनाको शव जलेको अवस्थामा भेटिएको छ । शुक्रबार बिहान दुई व्यक्तिको शव रोशी गाउँपालिका भाङ्गेटारमा फेला परेको स्थानीयहरुले जानकारी दिएका छन् ।

उक्त शव ५० वर्षीय सन्चर सिंह लामा र ४० वर्षीय नरबहादुर लामाको रहेको छ । घटनास्थलमा एउटा कुकुर पनि मृत अवस्थामा भेटिएको छ । जेठ १ गते दिउसो भाङ्गेटार आएका उनीहरुको आज ३ गते शव फेला परेको छ ।

रोशी गाउँपालिकाका–१० का वडाध्यक्ष दुधराज तामाङका अनुसार शरीरमा कतै चोटपटक नलागेको तर शरीर जलेको अवस्थामा शव भेटिएका कारण चट्याङ लागेर मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्