Logo

गोंगबुमा १५ पुरुष,१३ महिला पक्राउ



Spread the love

३ जेठ,काठमाडौँ l  महानगरीय प्रहरी वृत्त महाराजञ्जबाट खटिएको प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न १५ पुरुष र १३ महिला गरी २८ जनालाई पक्राउ गरेको छ l

गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेन्टहरूबाट ‘स्विप अप्रेसन’ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
‘अनैतिक क्रियाकलापमा संलग्न’लाई नियन्त्रणमा लिने क्रममा ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गोंगबुस्थित पूजा रेष्टुरेन्टका संचालक झापा शिबसतासी गाउँपालिका-८ घर भएका २९ वर्षीय सौगात क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ। साथै उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्