Logo

सर्वोच्च अदालतले बाँदर आतङ्क रोक्न सरकारका नामकमा अन्तरिम आदेश जारी गर्‍यो



Spread the love

badar

पशुपतिमा बाँदरबाट हुने आतङ्क रोक्न भन्दै सर्वोच्च अदालतले सरकारका नामकमा अन्तरिम आदेश जारी गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

अधिवक्ता तथा नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य मधुर पाठकले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले पशुपति क्षेत्रमा बाँदर आतङ्कबाट भक्तजनमा परेको असर रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता पाठकले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, र कोष सञ्चालक समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

सर्वोच्चको उक्त आदेशप्रति अब सरकार र पशुपति विकास कोषले पशुपति क्षेत्रमा बाँदरले गर्ने दुव्र्यवहारको नियन्त्रण गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्