Logo

सगरमाथामा १ जना भारतीय नागरिकको मृत्यु



Spread the love

 

३ जेठ, सोलुखुम्बु । सगरमाथाको चौथो शिविरमा आरोहण गरेर फर्किएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक रवि ठाकुर रहेका छन् ।

सगरमाथाको चौथो शिविरमा आरोहण गरेर फर्किएका ठाकुरको राति सुतेकै ठाउँमा ज्यान गएको थियो । आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजनको अभावले ज्यान गएको हुन सक्ने आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले  बताएका  छन् ।

प्रतिक्रिया दिनुहोस्