Logo

खानुहोस् मेवा र पाउनुहोस् यी फाइदा



Spread the love

 

मेवा एक किसिमको फल हो । जसलाई बढी जसो गर्मी याममा खाने गरिन्छ । मेवा धेरै मानिसहरूलाई मन पर्ने फल हो । सायद कमैलाई होला मेवा मन नपर्ने । मेवा एक स्वादिलो फल मात्र नभई पौष्टिक तत्व हो । जसबाट मोटोपना घटाउन पनि मदत गर्दछ ।

यस्ता छन् मेवा खानुका फाइदाहरू :

यदि कसै मानिसको छालाको घाउ भएमा यसको प्रयोग गर्नाले घाउलाई निको बनाई दिन्छ l यसको दिनहुँ प्रयोग गरेमा
शरीरको रोग विषहरुबाट पनि छुटकारा मिल्नेछ

  • यस्ता बिरामी जसलाई जन्डिस लागेको छ l त्यस्ता बिरामीहरूको लागि मेवा एकदम फाइदाजनक छ । जसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्दछ ।
  • मेवामा भिटामिन बि पाइन्छ l जसले गर्दा शरीरमा फोलिक एसिडको कमी हुन दिँदैन ।
  • यसमा भिटामिन ‘ए’ पाइन्छ जसले गर्दा आँखा तेजिलो बनाउनका साथै रगतलाई पनि सफा बनाउँदछ ।
  • मेवामा पर्याप्त फाइबर पाइन्छ जसले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धी समस्या समाधान रोकथाम गर्न मदत पुर्यौद्छ ।
  • यसको नियमित सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बनाउनका साथै निरोगी पनि बनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्