Logo

रुनुहोस् र यी समस्याहरुबाट मुक्ति पाउनुहोस्



Spread the love

 

मानवीय जीवनमा हाँस्नु र रुनु सामान्य नै हो l मानिसहरू सुख हुँदा हाँस्ने र दुख हुँदा रुने गर्दछन् l मानिसलाई केही कुरामा चित्त बुझ्यो र राम्रो लाग्यो भने हाँस्ने गर्दछन् l हाँस्नु स्वास्थ्यको लागि फाइदाजनक रहेको कुरा सबै जनालाई थाहा भएकै छ l तर के तपाइहरूलाई यो कुरा थाहा छ ? रुनु पनि स्वास्थ्यका लागी साचिकै लाभदायी रहेको छ l

टोक्सिन्स उत्पादन गर्ने
मानिसलाई पिडा परे पश्चात् रुने गर्दछन् l रुनुले शरीरमा विभिन्न केमिकल उत्पादन हुने गर्दछन् जसबाट पिडा कम हुन्छ l

ब्याक्टेरिया मार्ने
मानिस रुँदा आँसुबाट फ्लुड लिसोजाइम उत्पादन हुने गर्दछ l जसका कारणले ब्याक्टेरिया मार्ने काम गर्दछ l

राम्रो मुड बनाउने
जब मानिसलाई पिडा हुन्छ l तब मानिसहरू रोएर आफ्नो दुख पखाल्ने काम गर्दछ l जसबाट राम्रो मुड हुनका साथ साथै फ्रेस भएको पनि महसुस गरिन्छ l

तनावबाट मुक्त हुने
रुनु भनेको नकारात्मक कुराबाट बाहिर निस्किनु हो l सो कारण जब मानिसहरू तनावमा हुन्छन् तब रुने गर्दछन् l जसबाट तनाव मुक्त हुने गर्दछन् l

प्रतिक्रिया दिनुहोस्