Logo

यी हुन् केरा खानुका फाईदाहरु



Spread the love

केरा एउटा यस्तो फल हो जुन हरेक मौसममा पाईन्छ l फलफुलहरु मध्ये केरा सबैजनाले मन पराउने फल हो l केरा खादा मात्र मिठो होइन यसमा प्रोटिन, भिटामिन, खनिज, फाइबर, प्राकृतिक सुगरहरु सुक्रोज तथा फ्रुक्टोज पाइने हुनाले केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ l केरा केवल जिउमा शक्तिवर्धक फलको रूपमा मात्र होइन यसले हामीलाई विभिन्न  रोगबाट बचाउँन मद्दत गर्दछ ।

जान्नुहोस केराको सेवन बाट हाम्रो स्वास्थ्यमा हुने फाईदाहरु :

१. केराको सेवनले मुटु पोल्ने, छाती पेट पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. अल्सर बिरामीका लागि पनि केरा एकदम लाभदायी हुन्छ ।

३. झाडापखाला लागेको छ भने केराले तुरुन्त पखाला रोक्न मद्दत गर्दछ ।

४.केरामा आइरन पाइने हुनाले रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।

५.केराको सेवनले पाचन प्रक्रियालाई एकदम राम्रो गर्दछ ।

६. गर्मी मौसममा केरा खादा शरीरलाई शीतल प्रदान गर्दछ ।

७. केराको दैनिक सेवनले दिमागलाई समेत फ्रेस बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्