Logo

उपत्यकावासीले अझै एक वर्ष धुलो खानुपर्ने : हेर्नुहोस् राजधानीमा कति किमि सडक खनिदैछ ?



Spread the love

dhulo

मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक अन्दा निस्किएको माटोले अहिले काठमाडौँ उपत्यका धुलाम्मे छ ।

उपत्यकाबासीले धुलोबाट छुटकारा पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा  छापिएको छ ।

आयोजना आफैले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरेपनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ ।

आयोजनाले पानीको पाइप गाड्न उपत्यकामा अहिले पाँच सय किलोमिटर भन्दा बढी सडक खनेको छ । त्यसमध्ये ५० किलोमिटर सडक मात्रै कालोपत्रे गर्ने भाग सडक विभागकोमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्